दफा ३६
खारेजी र बचाउ
: (१) वीर अस्पताल विकास समिति (गठन) आदेश, २०६३ खारेज गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको आदेश बमोजिम भएगरेका सम्पूर्ण कामकारबाही यसै ऐन बमोजिम भएगरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको आदेश बमोजिमको वीर अस्पताल विकास समितिको नाममा रहेको चल अचल सम्पत्ति, लेनदेन कारोबार, ऋण धन लगायत सम्पूर्ण अधिकार तथा दायित्व प्रतिष्ठानमा सरेको मानिनेछ ।
(४) उपदफा (१) बमोजिमको आदेश बमोजिमको समितिमा कार्यरत कर्मचारीहरु प्रतिष्ठानको समान स्तर र तहको पदमा रहेको मानिनेछ ।
(५) उपदफा (१) बमोजिमको आदेश बमोजिमको समिति अन्तर्गत सञ्चालन भएको नर्सिङ क्याम्पसबाट भएगरेका कामकारबाही यसै ऐन बमोजिम भएगरेको मानिनेछ ।